सुनसरीमा जंगली हात्ती लखेट्नेक्रममा एक घाईते

सुनसरीमा जंगली हात्ती लखेट्नेक्रममा एक घाईते

सुनसरी, असार २९।

सुनसरीको कोशी गाउँपालिका ४ स्थित जुद्धगंजमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन् ।

शुक्रबार बिहान साढे ३ बजे गाउँ पसेको २ वटा जंगली हात्ती लखेट्ने क्रममा सोही गाउँपालिका बस्ने ५५ बर्षिय सावा तुल्लालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाईते तुल्लालाई उपचारकालागी जिल्ला अस्पताल ईनरुवा पठाईएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

हात्तीलाई बिहान ४ बजे इलाका प्रहरी कार्यालय लौकही, सीमा प्रहरी चौकी भाण्टाबारी, प्रहरी चौकी श्रीपुर र स्थानीय मानिसहरुको सहयोगमा जंगलतर्फ लखेटीएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्