सप्तरीमा २० प्रतिशत रोपाइँ मात्रै , पर्याप्त वर्षा नहुँदा समस्यामा किसान

सप्तरीमा २० प्रतिशत रोपाइँ मात्रै , पर्याप्त वर्षा नहुँदा समस्यामा किसान

राजविराज, असार २९ । मलुकका केही भागमा अत्याधिक वर्षाका कारण जनजीवन प्रभावित भईरहेका बेला पूर्वका केही भागमा भने पर्याप्त वर्षा नहुँदा किसान चिन्तित भएका छन् ।

असारको सुरुदेखि नै वर्षाको आशामा अकाश हेर्दै बसेका सप्तरीका किसानहरु अहिलेसम्म पर्याप्त वर्षा नहुँदा समस्यामा परेका छन् । सिंचाईको अभाव र असार महिना सकिनलाग्दा पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ हुन नसकेकोले किसान चिन्तित भएका छन् ।

मलखाद र सिंचाईको अभावमै जसोतसो बिउ छरे पनि अहिले रोपाइँ गर्ने समयमा वर्षा नहुँदा खेत बाँझै रहेको गुनासो किसानहरुको छ ।

सप्तरीमा ७० हजार हेक्टर धान खेतीयोग्य जग्गामध्ये सिचाईको अभाव र समयमा वर्षा नहुँदा हालसम्म १४ हजार हेक्टर अर्थात् २० प्रतिशतमा मात्र रोपाइँं हुन सकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार गत वर्ष यो समयसम्म जिल्लामा २८ हजार हेक्टर अर्थात् ४० प्रतिशत जमीनमा रोपाइँं भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्