सिन्धुपाल्चोकमा जिप दुर्घटना, पाँचजनाको मृत्यु

सिन्धुपाल्चोकमा जिप दुर्घटना, पाँचजनाको मृत्यु

चौतारा, असार २९ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्ले डाँडामा हिजो बेलुकी बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका–३ की २५ वर्षीया सुनमाया तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीया पोदोम तामाङ, ६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भिम बहादुर तामाङ छन् ।

तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका आठै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौ ल्याइएको छ ।

हिजो बेलुकी सवा ८ बजे मेलम्ची मानेखर्क सडकखण्डकको सल्लेडाँडामा लु१ख ९९९ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्