धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुले विभिन्न अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । वीर अस्पताल, धरानस्थित विपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टिचिङ अस्पतालका डाक्टरलेले आजबाट आकसस्मक बाहेकका सेवा बन्द गरेका हुन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । अनशनरत डा. केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

एनआरडीएका अध्यक्ष डा. सुमित पाण्डेले अनसनरत डा. केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रनुपरेको बताए । उनले भने, “यस आन्दोलनबाट हुने क्षति र असुविधाप्रति एसोसिएसन नभएर सरकार जिम्मेवार हुनुपर्छ ।”

एसोसिएसनले आज नै माइतीघर मण्डलामा विरोध स्वरुप सांकेतिक ओपीडी सेवा सञ्चालन गरेको छ । आइतबारबाट बिरामी नै राखेर चेकजाँच गर्ने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्