घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु

<span class='c1'>घरवारविहीन परिवारका लागि प्रमुख</span> <span class='c2'>आवास कार्यक्रम शुरु</span>

झापा । कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ ।

नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई लाख गरी रु ४१ लाखको लागतमा नगरपालिका–७ स्थित रेडक्रस टोलमा १५ परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।

कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र २०५० सालभन्दा पहिलादेखि बसोबास गर्दै आएका तथा जमीन र घर नभएका परिवारलाई जमीन तथा घर निर्माण गरेर राखिने बताइएको छ । यस्ता परिवारको पहिचानका लागि नगरका नौवटै वडामा प्रतिनिधि खटाइएको नगरप्रमुख पोखरेलले बताए ।

विभिन्न सामाजिक संघसंस्थालाई समेत कार्यक्रममा सहभागी गरार्ई नगरपालिकाभित्र सुकुम्वासी र घरवारविहीनको संख्या रहुञ्जेल कार्यक्रमले निरन्तरता पाइरहने बताइएको छ । पहिलो चरणमा कनकाई–७ मा तीन कट्ठा जमीनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडा नं ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्वाले जानकारी दिए ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्