धनकुटामा बृद्धालाई कुटपिट गरी लुटपाट गर्ने पक्राउ, बृद्धाको मृत्यु 

धनकुटामा बृद्धालाई कुटपिट गरी लुटपाट गर्ने पक्राउ, बृद्धाको मृत्यु 

धनकुटा, असार ३० गते ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ परेवादिनमा शुक्रबार एक बृद्धाको कुटपिटबाट मृत्यु भएको छ ।

बिहान अन्दाजी १० बजे घरमा कोहि पनि नभएको समयमा ६० बर्षिय नरमाया लिम्वुलाई सोही ठाउँ बस्ने १९ बर्षिय रोहित लिम्वु र १६ बर्षिय शुक्रराज लिम्वुले कुटपिट गरी बृद्धाको साथमा भएको डेढ तोला सुनको गहना लुटेर भागेका थिए ।

घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाबाट टोली खटिई गई घटनामा संलग्न दुबै जनालाई गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कुटपिटबाट गम्भीर घाईते बृद्धालाई उपचारकालागी धरानस्थित विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा बेलुका पौने ८ बजे मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्