विराटनगरका युवा समाज विकास अभियानमा, सरसफाई देखि जेब्रा क्रसिङसम्म

विराटनगरका युवा समाज विकास अभियानमा, सरसफाई देखि जेब्रा क्रसिङसम्म

विराटनगर, ३० असार ।
पछिल्लो समय बिराटनगरका युवा समुह बिभिन्न अभियानमा लागेका छन् । त्यही अभियान अन्तरगतको बिराटनगरका केही युवाहरु लामो समय देखि सरसफाई लगायतका सामाजिक अभियानमा लाग्दै आएकोमा आज भने जेब्रा क्रसिङमा लागेको देखिए । परिवर्तनका लागि हातेमालोले बिगत २७ हप्तादेखि ‘म बदलिन्छु, अनि मेरो देश बदलिन्छ’ भन्ने मुल नाराका साथ समाज परीवर्तनकालागि जनचेतना मुलक कार्यक्रम गर्दै आएको हो । २८औ हप्तापनि साप्ताहिक सरसफाई कार्यक्रमले निरन्तरता पायो । पुष्पलालचौक देखी पानीटंकीको नमूना सडकको भट्टाचौकमा सरसफाई तथा जेब्राक्रसिङ बनाईएको हो ।
पैदल यात्रीलाई सहजताको लागि जेब्रा क्रसिङ बनाईएको हातेमालोका अध्यक्ष बिनोद परीयारले बताए । बिराटनगरकै नमुना सडक बनाएपनि सरसफाई र जेब्रा क्रसिङमा चासो नदिँदा समाज परिवर्तनको लागि भन्दै हातेमालोले सरसफाई गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्