डा. केसीको अवस्था कमजोर , औषधि तयारी अवस्थामा राखियो

डा. केसीको अवस्था कमजोर , औषधि तयारी अवस्थामा राखियो

खलङ्गा, असार ३१ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अवस्था कमजोर हँुदै गएपछि प्रतिष्ठानले स्वास्थ्य उपचारका लागि अत्यावश्यक मेडिकल सामग्री र औषधि तयारी अवस्थामा राखेको छ । प्रतिष्ठानले डा. केसीको अनसन अवधि लामो भएपछि कुनै पनि बेला केही हुन सक्ने भन्दै भेन्टिलेटर, डिफ्रिब्रिलेटर र अत्यावश्यक अवस्थामा प्रयोग गरिने आपत्कालीन औषधिहरू तयार गरेको जनाएको छ ।
प्रतिष्ठानका मेडिकल निर्देशक डा. पुजन रोकायाद्वारा हस्ताक्षर गरिएको सूचनामा डा. केसीको स्वास्थ्य उपचारका लागि आकस्मिक अवस्थाका सबै औषधि र उपकरण तयार गरिएको उल्लेख छ । डा. केसीले जुनसुकै परिस्थितिमा सत्याग्रहलाई जुम्लामा निरन्तरता दिने भनेपछि उहाँको उपचारका लागि कुनै कसुर बाँकी नराखिने सूचनामा उल्लेख छ । यसैगरी शनिबार डा. केसीले स्वास्थ्य जाँच गर्न मान्नुभएको छैन् । डा. केसीले वार्ताटोलीसम्म गठन गर्न नसकेको र मागहरूलाई लत्याउने प्रयास गरेको भन्दै रगतलगायतका जाँचहरू गर्न नदिएको उपचारमा संलग्न एक चिकित्सकले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्