उर्लाबारीमा कारको ठक्करबाट एक जनाको मृत्यु

उर्लाबारीमा कारको ठक्करबाट एक जनाको मृत्यु

मोरङ, असार ३१ गते ।

मोरङको उर्लाबारी नगरपालिका ८ स्थित खाईवा चौकमा शुक्रबार बेलुका कारको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।

उर्लावारी राजघाट सडक खण्डमा दुर्गापुरीतर्फ जाँदै गरेको बा १८ च ३०९७ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको गरेको ज ९ प ७८१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलका चालक सोही ठाउँ बस्ने २५ बर्षिय रवी राय गम्भीर घाईते भई उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको हो भने मोटरसाईकलको पछाडी सवार २४ बर्षिय श्रीकृष्ण घिमिरेलाई थप उपचारकालागी बिराटनगरस्थित नोबेल अस्पताल बिराटनगर ल्याईएको छ ।

कार र चालक उर्लाबारी नगरपालिका-८ बस्ने ४५ बर्षिय खड्ग चौधरी इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्