विराटनगरबाट फेरी ६ जुवाडे पक्राउ परे

<span class='c1'>विराटनगरबाट फेरी ६</span> <span class='c2'>जुवाडे पक्राउ परे</span>

मोरङ, असार ३२ ।

प्रहरीले मोरङको विराटनगरबाट शनिबार ६ जना जुवाडे पक्राउ गरेका छन।

पक्राउ पर्नेमा विराटनगर ९ बस्ने चन्द्रशेकर अग्रवाल, मनोज कुमार अग्रवाल, विकास साह, बैजनाथ भगत, मोहमद सालिम र मनोज रौनियार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले उनीहरुलाई शनिबार दिउँसो विशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका ९ स्थित दिपक श्रेष्ठको घरबाट तास खेल्दै नगद ३९ हजार २ सय ७० रुपैया र तीन बुक ताससहित पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरु उपर जुवा ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्