उदयपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर – सिद्धिचरण लोकमार्गमा मालबाहक ट्रक सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परी सहचालक घाइते भएका छन्।

सामान बोकेर कटारीदेखि ओखलढुंगातर्फ गइरहेको ना ४ ख ८०७९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटनामा हुँदा चालक कटारी ८ सिरिसेका २८ वर्षीय मोहन तामाङको मृत्यु भएको हो।

लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने कटारी नगरपालिका १४ स्थित भदौरेमा विहान पौने नौ बजे तिर भएको दुर्घटनामा चालकको घट्नास्थलमै मृत्यु भएको कटारीस्थित ट्राफिक प्रहरीले जनाएको छ।

घाइते सहचालक सिन्धुलीको दुधौली नगरपालिकाका पूर्ण सुनुवारको कटारी १४ घुर्मीस्थित मेडिकलमा उपचार भइरहेको छ। सडकबाट लगभग १ सय मिटर तल खसेको ट्रक पुरै क्षतविक्षत हुन पुगेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्