सुनसरीमा माइक्रो दुर्घटना हुँदा आठ जना घाइते

सुनसरीमा माइक्रो दुर्घटना हुँदा आठ जना घाइते

पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको कोशी गाउँपालिकामा आज बिहान माइक्रो दुर्घटना हुँदा ८ जना घाइते भएका छन।

घाइते दुई जनाको अवस्था गम्भीर तथा ६ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा ४ ख ६९३ नम्बरको माइक्रो कोशी गाउँपालिका ४ स्थित कोशी कटान क्षेत्रमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा गम्भीर घाइते हुनेमा झापा धाइजन नगरपालिका ४ बस्ने ३५ वर्षीया रुपा पाण्डे, सोही ठाउँ बस्ने तिलारुपा पाण्डे रहेका छन। त्यस्तै सामान्य घाइते हुनेमा सुनसरी ईटहरी-१३ बस्ने रेवत भट्टराई, ईटहरी-४ बस्ने शिशिर लिम्बु, मोरङ बेलबारी नगरपालिका २ बस्ने पुजन राई, झापा दमक नगरपालिका ५ बस्ने चन्द्र प्रसार मैनाली, दमक-५ बस्ने कुमार प्रसाई र झापा भद्रपुर नगरपालिका १ बस्ने नाम नखुलेको पुरुष मानिस रहेका छन।

घाइतेहरुलाई तत्काल उपचारका लागी गोल्डेन अस्पाताल बिराटनगर ल्याइएको छ भने माइक्रोका चालक इलाम नगरपालिका २ बाहृकोटी बस्ने सरोज ढकाललाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिई राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्