मानव बेचबिचखन काण्डमा कलाकार राजेन्द्र खड्गी जेल चलान

मानव बेचबिचखन काण्डमा कलाकार राजेन्द्र खड्गी जेल चलान

काठमाडौं १ साउन । कलाकारको नाममा गैर कलाकारलाई कोरिया, जापान लगायतका देश लगेर उतै छाडेर पैसा असुल्नेगरेको पाइएपछि पक्राउ परेका कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन् । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया र्पुयाएको आरोप उनि माथि छ ।
जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ । जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले गत शुक्रबार खड्गीलाई जेल चलान गर्न आदेश दिएको सीआईबीका प्रमुख पुष्कर कार्कीले बताए ।
यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् । त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआईबीलाई जानकारी गराएपछि अनुसन्धान थालिएको थियो । प्रहरी हिरासतमा रहेका वेला खड्गीले उनीहरूलाइ कोरिया लगेको स्वीकार गरेका थिए । उनले भनेका थिए, ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने थाहा थिएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्