सोलुखुम्बुमा छोराको कुटाईबाट बाबुको मृत्यु 

सोलुखुम्बुमा छोराको कुटाईबाट बाबुको मृत्यु 

सोलुखुम्बु, साउन २ गते।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ९ सानो खाम्दिङमा छोराको कुटाईबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ।

शेर्पालाई सोमबार साँझ १८ वर्षका छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको मंगलबार दिउँसो आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ।

घटना लगतै फरार रहेका तेन्जी शेर्पालाई प्रहरीले मंगलबार साँझ दुधकुण्ड नगरपालिका १० स्थित सोल्मासा जंगलबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा राखिको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्