मोरङ, साउन २ गते ।
मोरङको कानेपोखरी नगरपालिका ५ जहदा स्थित श्री जनजागृती सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला परेको छ।
मंगलबार दिउँसो वनका कर्मचारीहरुले नयाँ विरुवा रोप्न जंगल फाँड्ने क्रममा आधा लोड भएको एक थान भरुवा बन्दुक फेला पारेपछि प्रहरीलाई खबर गरेका हुन।
घटनास्थललमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले सो बन्दुक नियन्त्रणमा लिई कार्यालयमा ल्याई राखिएको र घटना बारे अनुसन्धान भईरहेको छ।