विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिक सरह क्षतिपूर्ति पाउने

विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिक सरह क्षतिपूर्ति पाउने

काठमाडौं । विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिक सरह क्षतिपूर्ति पाउने भएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अव नेपाली नागरिकले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिक सरह करिव डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको बताए । मंगलबार चितवनको सौराहामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले नेपालीले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिक सरह क्षतिपूर्ति दिनका लागि आवश्यक निर्णय गरिसकेको पनि स्पष्ट पारे ।

विमान दुर्घटनामा ज्यान गएका नेपालीलाई हालसम्म २० लाख क्षतिपूर्ति दिने गरिएको छ । मन्त्री अधिकारीले नारायणी नदीमा पानी जहाज संचालनका विषयमा पनि अध्ययन भईरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्