इलामको पर्यटकीय स्थान श्रीअन्तुमा सडक सौर्य बत्ती जडान

इलामको पर्यटकीय स्थान श्रीअन्तुमा सडक सौर्य बत्ती जडान

इलाम, साउन २ । इलामको पर्यटकीय स्थान श्रीअन्तुमा सडक सौर्य बत्ती जडान गरिएको छ ।

सूर्योदय दृश्यावलोकनको लागि पहिचान बनाएको श्रीअन्तुमा अहिले सदाबहार रुपमा पर्यटक पुग्ने गरेका छन् । सडक बत्ती राखेपछि पर्यटकलाई अझ सहज भएको छ ।

गत बर्ष पर्यटन बोर्डको सहयोगमा ६ वटा अल्ट्रा सोलार इनर्जीको सौर्य बत्ती जडान गरिएकोमा यस बर्ष सडक डिभिजन कार्यालय इलामको सहयोगमा सत्रवटा सौर्य बत्ती जडान गरिएको छ ।

अहिले अन्तु र आसपासका स्थान रातमा निकै झलमल्ल हुन थालेका छन् । पर्यटकको चहल पहल हुने गरेको अन्तुडाँडामा तीनवटा, अन्तु पोखरीमा तीनवटा, उत्तरे चोक, छिरुवा, भन्ज्याङ लगायतका स्थानमा सडक बत्ती जडान गरिएको हो ।

यसबाट रातमा हिडडुल गर्न सहज हुनका साथै अन्तु पोखरीमा रातमा पनि डुङ्गा सयर गर्न सकिने भएकाले थप उत्साह मिलेको स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्