पर्वतमा पहिरोले घर बगायो, ५ जना बेपत्ता

पर्वतमा पहिरोले घर बगायो, ५ जना बेपत्ता

पर्वत - मंगलबार रातिको अबिरल वर्षापछि झरेको पहिरोका कारण जलजला–८ लस्तीका केही घर पुरिएक छन् । घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।

लस्ति बेरनेटाका बमबहादुर परियारको घर पहिरोले पुरिँदा उनका १६ वर्षीय छोरा विकास परियार हराइरहेका छन् । अन्यको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

लस्ती खोलाले किनारमा गरेको कटानसँगै माथिबाट पहिरो  झरेको स्थानीयले बताए । प्रहरीका अनुसार राति करिव १ बजेतिर पहिरो खसेको हो ।

रातको समय पहिरो खसेकाले कतिजना बेपत्ता छन् भन्ने यकिन नभएको स्थानीयवासीले बताएका छन् । ।

वर्षा नरोकिएकोले उद्दारमा कठिनाई भएको प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्