ब्रिटिस आर्मीमा अब महिला पनि भर्ती हुन पाउने, भर्ती प्रक्रिया यस्तो छ

ब्रिटिस आर्मीमा अब महिला पनि भर्ती हुन पाउने, भर्ती प्रक्रिया यस्तो छ

काठमाडौं । पुरुषका लागि मुख्य गन्तब्य बनेको ब्रिटिस आर्मीको लागि नेपालि महिलाले पनि अवसर पाउने भएका छन् ।  करिव दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको हो ।

लडाइँमा प्रत्यक्ष उत्रन पाउने गरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन्।सन् २०२० सम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो । त्यसको लागि पनि पुरुषले जस्तै कठोर छनोट प्रक्रिया पार गर्नु पर्ने हुन्छ ।

महिलाले पनि पुरुषले गर्ने जस्तै तालिम र नियम पुरा गरेर भर्ती हुन पाउने छन् । महिलाले पनि पुरुषले जस्तै चुनौतीका काम गर्न सक्छन् भन्ने कुरा विश्वास गरेर बेलायत सरकारले यस्तो नीति ल्याएको जनाएको छ ।

बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ती हुन २५ किलो बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिने शारीरिक परीक्षण लगायत अन्य तालिम गर्नुपर्ने छ । जुन पुरुष र महिलाका लागि एउटै नियम हो ।

बेलायतको रक्षा मन्त्रालयले गरेको यस्तो निर्णयले नेपाली महिला लाभान्वित हुने भएका छन् ।रक्षा मन्त्री गाविन विलियम्सनका अनुसार सेनाको विशिष्ट समूहमा रहेर महिलाले पनि सेवा गर्न पाउन् भनेर यस्तो नियम ल्याइएको हो ।

बेलायती सेनाको वेब साइटमा दिइएको जानकारी अनुसार भर्ती हुन चाहेन महिलाको तौल ५० किलो भन्दा बढी र उचाई कम्तिमा ५ फिट १ इन्च हुनु पर्नेछ । भर्ती प्रक्रिया पोखरामा हुनेछ र छानिएकाहरु १० हप्ते तालिामका लागि काट्टिरिक, नर्थ योर्कशिर जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्