डा. केसीको माग पूरा नभएसम्म कांग्रेसले संसद चल्न नदिने

डा. केसीको माग पूरा नभएसम्म कांग्रेसले संसद चल्न नदिने

काठमाडौं । डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिने निर्णय गरेको छ । डा. केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने कांग्रेसको अडान रहेको छ।

कांग्रेसका शीर्ष नेताहरुबीच भईरहेको छलफलमा संसद अवरुद्ध राख्ने निर्णय भएको जनाइएको हो । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार भोलि पनि संसद अवरुद्ध हुनेछ । साथमा अन्य रणनीतिको विषयमा पनि छलफल भइरहेको छ ।

कांग्रेसले सडक आन्दोलनसहितका कार्यक्रम हिजो मात्रै सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्