आज सम्पूर्ण स्वास्थ्य संस्था बन्द

<span class='c1'>आज सम्पूर्ण स्वास्थ्य</span> <span class='c2'>संस्था बन्द</span>

काठमाडौँ,३ साउन ।  नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउसो १२ बजे माइतिघर मण्डलामा भेला गरिने छ ।यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिकबाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गरिने संघको दाबी छ ।

असार १६ गतेदेखि जुम्लामा अनसनरत प्रा।डा।के।सी।को जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीसहित दलका शीर्षस्थ नेतासँग अपिल गर्दा समेत सरकारले नटेरेको संघको आरोप छ । संघले सरकारद्वारा गठित वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा।के।सी।लाई जबर्जस्ती काठमाडौं ल्याउने प्रपञ्चमात्र रचिएको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्