गायिका आनीले तुईन विस्थापनका लागि प्रम ओलीलाई एक करोड सहयोग हस्तान्तरण

गायिका आनीले तुईन विस्थापनका लागि प्रम ओलीलाई एक करोड सहयोग हस्तान्तरण

काठमाडौं (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छन् । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् ।

उनले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन् । गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिइन् । गायिका शेर्पाको “फूलको आँखामा फूलै संसार” गीत लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्