क्रिकेटमा सट्टेवाज गराउने नेपाली नाइके ‘नागराज’ जेल चलान

क्रिकेटमा सट्टेवाज गराउने नेपाली नाइके  ‘नागराज’  जेल चलान

काठमाडौं । आइपीएल क्रिकेटमा सट्टेवाज गराउने नेपाली नाइके अमृत भन्ने नथमल अग्रवाल ‘नागराज’ पूर्पक्षका लागि जेल चलान भएका छन् । २ करोड ४० लाख ठगी मुद्दामा पक्राउ परेका नागराजलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि चेल चलान गर्न आदेश दिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले नागराजलाई असार ९ गते काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको थियो ।

उनले नेपाली नागरिकलाई आइपीएलमा ब्याट लगाउँदा राखिएको रकम ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता गर्ने बताएको महाशाखाका एसएसपी धिरजप्रताप सिँहले बताए । धनुषा घर भएका नागराजको डन दाउद इब्राहिमसँग पनि नाम जोडिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्