जुम्लाका डिएसपीले नै ‘मरिसकेकाे’ भनेका घाइते प्रहरी जवानलार्इ अाज जिउदै काठमाडाैं ल्याइँदै

जुम्लाका डिएसपीले नै ‘मरिसकेकाे’ भनेका घाइते प्रहरी जवानलार्इ अाज जिउदै काठमाडाैं ल्याइँदै

काठमाडाैं । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएकाे झडपका क्रममा घाइते भएका प्रहरी जवानकाे अवस्था गम्भीर रहेकाे छ । उनलार्इ थप उपचारका लागि अाज नेपाल शिक्षण अस्पतालबाट काठमाडाैं ल्याउन लागिएकाे छ ।

१५ अाैं पटक जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बलपूर्वक काठमाडौं ल्याउन खाेज्दा प्रतिष्ठानका विद्यार्थी तथा केसी पक्षधर र प्रहरीबीच झडप भएकाे थियाे । साे घटनामा केसी पक्षधरद्वारा प्रहार भएकाे शिशा छातीमा लागेर प्रहरी जवान कमल उपाध्याय गम्भिर घाइते भएका थिए ।

उनलार्इ उपचारका लागि बिहीबार नै नेपालगञ्ज शिक्षण अस्पतालमा राखिएकाे थियाे । बिहीबार रातिदेखि आईसीयूमा राखेर उपचार गरिरहेकाे हुँदा उपाध्यायको स्वास्थ्यमा केही सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । थप उपचारका लागि हेलिकोप्टरमार्फत अाज काठमाडाैं पठाउन लागेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले जनाएका छन् ।

बिहीबार उनी घाइते भएलगत्तै जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ गर्दै उनकाे मृत्यु भएकाे भन्ने झुटाे हल्ला फैलाएका थिए । उनले माइकिङमा भनेका थिए, ‘एकजना प्रहरी जवानले ज्यान गुमाइसकेका छन्, हाम्राे जवानकाे मृत्यु भएका कारण अब हामी पछि हट्नेवाला छैनाैं, हाम्राे संयमता अब बाँकी छैन ।’ साे क्रममा उनले अान्दाेनरत पक्षमाथि बल प्रयाेग गर्ने धम्की दिएका थिए ।

लगत्तै जुम्लामा भएकाे उक्त झडपमा परी प्रहरी जवानकाे मृत्यु भएकाे समाचार सनसनी फैलियाे । तर पछि जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरीले हेडक्वार्टर काठमाडाैंले प्रहरी जवानकाे मृत्यु भएकाे खबर झुटाे रहेकाे भन्दै खण्डन गरे । काठमाडाैं अाउन नमानिरहेका डा. केसीलार्इ भावनात्मक ब्लाकमेल गरेर प्रशासन पक्षले यसरी झुटाे सूचना प्रवाह गरेकाे खुल्न अाएकाे छ । प्रहरी प्रशासनकै याे गैरजिम्मेवारीपूर्ण हर्कतकाे जसकाे मिडियामा चर्काे अालाेचना पनि भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्