बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको भ्रष्टाचार प्रकरणमा छानविन सुरु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको भ्रष्टाचार प्रकरणमा छानविन सुरु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको भ्रष्टाचार प्रकरण छानविन गर्न गठित उच्चस्तरीय छानविन आयोगले प्रतिष्ठानमा पुगेर छानविन शुरु गरेको छ । सरकारले गठन गरेको उच्च छानविन समितिले हिजोदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कागजपत्र नियन्त्रणमा लिएर छानविन सुरु गरेको हो । प्राध्यापक डाक्टर राजकुमार रौनियार प्रतिष्ठानको उपकुलपति भएदेखि नै प्रतिष्ठानका खरिद, ठेक्का तथा निर्माण कार्यमा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ ।

यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको कार्यालय तथा अन्य सम्बन्धित निकायमा उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित छानविन समितिले प्रतिष्ठानमा भएको अनियमितताको विषयमा छानविन सुरु गरेको छ ।

छानविन पश्चात् २०७२ पछि भएका अनियमितताको छानविन गरि दोषी उपर कारवाही लागि सरकारलाई सिफारिस गर्ने खतिवडाको भनाई छ । प्रतिष्ठानमा एम आर आई मेसिन खरिद प्रकरण तथा अंकोलोजी र काडियोलोजी सेन्टर निमार्णको लागि परामर्सदाता नियुक्ती लगायतमा अनियमिततामा छानविन हुने समितिले जनाएको छ । समितिले प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार, सहायक रजिष्ट्रार अमित श्रीवास्तव लगायतका कर्मचारीहरुको बयान समेत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्