७० हजार घुससहित तिलाठी–कोइलाडी गाउँपालिकाका कर्मचारी पक्राउ

<span class='c1'>७० हजार घुससहित तिलाठी–कोइलाडी</span> <span class='c2'>गाउँपालिकाका कर्मचारी पक्राउ</span>

सप्तरी,४ साउन। सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको ७० हजार नगदसहित पक्राउ परेका छन् । गाउँपालिकाको राजविराज –५, मा रहेको सम्पर्क कार्यालयवाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

टोलीका प्रमुख शाखा अधिकृत उमेश अधिकारीले मण्डलको साथवाट घुसबापत लिएको नगद ७० हजार बरामद भएको जानकारी दिए  । गाउँपालिका वडा नं. ३ सकरपुरामा उपभोक्ता समितिमार्फत सडक ग्राभेलको काम सम्पन्न पश्चात अन्तिम भुक्तानी दिने बेला मण्डलले उपभोक्ता समितिका पदाधिकारीबाट कमिसनबापत त्यो रकम लिएको अख्तियारका अधिकृत अधिकारीले बताए।

पक्राउ परेका मण्डलले अख्तियारको आरोपको खण्डन गर्दै निर्माण कार्य गर्दै गरेका बेला ऋण दिएको रकम फिर्ता लिएको बताएका छन् । सकरपुराका केशरी सिंहलाई आफूले ऋण दिएको र त्यही रकम फिर्ता लिएको उनले दावी गरेका छन् । अख्तियारको टोलीले शुक्रबारै मण्डललाई आवश्यक मुचुल्का तयार पारी अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालय लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्