बडी बिल्डिङ ब्यवसायिक तालिम विराटनगरमा शुरु

बडी बिल्डिङ ब्यवसायिक तालिम विराटनगरमा शुरु

विराटनगर, ५ साउन । बडी बिल्डीङ्ग क्लवका प्रशिक्षकलाई व्यवसायिक बनाउन प्रदेश स्तरियको ४ दिने तालिम विराटनगरमा सुरु भएको छ । तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाट, नेपाल बडी बिल्डीङ्ग फिटनेसका राष्ट्रिय अध्यक्ष शिव लामिछाने, नेपाल बडी बिल्डीङ्ग फिटनेसका अन्तराष्ट्रिय अध्यक्ष लोकेन्द्र परियार, नेपाल पत्रकार महासघ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना दिएका थिए । प्रदेश नम्बर १ मा साना ठूला गरेर ३५ वटा क्लव संचालनमा रहेका छन् ।तालिममा ३० जनाको सहभागिता रहेको मोरङ बढी विल्डिङ्ग एण्ड फिटनेस एसोसिएशन मोरङका अध्यक्ष अम्लेश कर्णले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्