सामाजिक विकास मन्त्रीहरु क्षेत्राधिकारको बिषयमा गम्भीर

सामाजिक विकास मन्त्रीहरु क्षेत्राधिकारको बिषयमा गम्भीर

विराटनगर,५ साउन।
सबै प्रदेशका समाजिक विकास मन्त्रीहरुको भेलाले सामाजिक विकास मन्त्रालयले गर्ने काममा एक रुपता ल्याउने निर्णय गरेको छ । सबै प्रदेशका सामाजिक विकास मन्त्रालयका निती तथा कार्यक्रमको साझा सवाललाई आदान प्रदान गर्ने समेत छलफलबाट निश्कर्ष निकालिएको छ । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुको काठमाडौँमा भएको भेला तथा छलफल पछि उनीहरुले ५ वटा बुँदामा निश्कर्ष निकालेका हुन् । त्यस्तै निती तथा कार्यक्रममा एकरुपता ल्याउने, कार्यक्रमको प्रभावकारीताका लागि अनुभव आदान प्रदान गर्ने, प्रदेशको क्षेत्राधिकारका बिषयमा समबुझाई स्थापित गरी सामाजिक विकास मन्त्रालयको भुमिका प्रभावकारी बनाउने समेत छलफल पछि निश्कर्ष निकालिएको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । त्यस्तै छलफलमा ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालय विचको सहयोग र समन्वयलाई स्थापित गराउने बिषयमा पनि छलफल भएको थियो । छलफलमा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री घिमिरे सहित २नम्बर प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साह, ३ नम्बर प्रदेशका युवराज दुलाल, गण्डकी प्रदेशका नरदेवी पुन, ५ नम्बर प्रदेशका सुदर्शन दर्नाल, कर्णाली प्रदेशका दल रावल र ७ नम्बर प्रदेशका दिर्घबहादुर सोडारी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्