ट्रकको ठक्करबाट बावुछाेराको ज्यान गयो

ट्रकको ठक्करबाट  बावुछाेराको ज्यान गयो

पाल्पा,६ साउन ।  ट्रकको ठक्करवाट पाल्पामा दुई जनाको आइतबार ज्यान गएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवलको सडकमा पर्ने तिनाउ गाउँपालिका ३ सिद्धबाबा नजिक आईतबार बिहान साढे ११ बजेतिर मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो ।ठक्कर पछि मोटरसाईकलमा सवार माथागढी गाउँपालिका २ का ४५ वर्षीय माधब कुमाल र उनका छाेरा १९ वर्षीय उमेश कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाबाट बुटवल जाँदै गरेको ना ३ ख १००८ नम्बरको ट्रकले लु २१ प ९६८० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुवै जना सडकदेखि झण्डै डेढ सय मिटर तल तिनाउ खोलामा खसेका थिए । अहिले डोरीको सहायताले शव निकाल्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

मोटरसाईकल सडककै किनारामा ढलेको अवस्थामा रहेको र ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।अघिल्लो दिन बेलुकी पनि सिद्धार्थ राजमार्गमा पर्ने डुम्रेमा जिपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका १४ अर्गलीका २३ वर्षीय कृष्ण पुनको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्