वडा अध्यक्षविरुद्ध हातपात र दुर्व्यवहारको प्रयास गरेको महिलाहरुको आरोप

<span class='c1'>वडा अध्यक्षविरुद्ध हातपात र दुर्व्यवहारको</span> <span class='c2'>प्रयास गरेको महिलाहरुको आरोप</span>

दाङ ।  हातपात र दुर्व्यवहारको प्रयास गरेको भन्दै महिलाहरूले दाङका एक जना वडा अध्यक्षविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्यप्रसाद डाँगीविरुद्ध स्थानीय महिलाहरू ३८ वर्षीया विन्दु बुढाथोकी र ३६ वर्षीया मिना वलीले जस्पुर प्रहरी चौकीमा जाहेरी दिएको जस्पुर चौकीका प्रमुख नयाँराम कार्कीले जानकारी दिए ।

जाहेरीमा  दुबै जना महिलाले शनिबार बेलुका वडा अध्यक्ष डाँगीले आफूहरूमाथि हातपात गरेको तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् । दुवैजना महिलाले आइतबार जस्पुर प्रहरी चौकीमा मदिराले मातेका वडा अध्यक्षले आफूहरूमाथि झम्टिन आएको तथा हातपातको प्रयास गरेको हुँदा न्यायका लागि प्रहरीमा जाहेरी दिएको बताएका थिए ।

दुईजना महिलाले वडा अध्यक्षविरुद्ध जाहेरी दिएपछि प्रहरीले वडा अध्यक्ष डाँगीलाई झिकाएर उनीहरूका बीचमा छलफल गरेको छ ।  छलफलका क्रममा महिलाहरूले वडा अध्यक्षले हातपात गरेको दोषारोपण गरेका थिए भने वडाअध्यक्ष डाँगीले त्यसको बचाउ गरेका थिए । वडा अध्यक्ष डाँगीले षडयन्त्रपूर्वक आफूलाई फसाउन खोजेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्