काठमाडाैं । नेपाल चिकित्सक संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङकाे राजीनामा माग गरेकाे छ । मन्त्री शेरबहादुर तामाङले शुक्रबार एक कार्यक्रमा बाेल्दै कुराले बंगलादेशमा अध्ययन गर्न गएका नेपाली छात्राहरूमाथि मात्रै नभर्इ समग्र नेपालकै इज्जत र प्रतिष्ठामाथि आँच अाएकाे भन्दै चर्काे अालाेचना भएपछि संघले उनकाे राजीनामा माग गरेकाे हाे ।
संघले अाइतबार एक विज्ञप्ती निकाल्दै विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि गएका नेपाली महिलामाथि अस्वाभाविक र अापत्तिजनक अभिव्यक्ति मन्त्रीजस्ताे गरिमामय पदमा रहेकाले दिन नसुहाउने भन्दै उनकाे राजीनामा माग गरेकाे हाे । मन्त्री तामाङकाे गैर-जिम्मेवारीपूर्ण अभिव्यक्तिकाे जति निन्दा गरे पनि कमै हुने संघकाे भनाइ छ । उसले मन्त्रीलार्इ राजीनामा दिन र सार्वजनिक क्षमायाचना गर्न माग गरेकाे हाे ।
चाैतर्फी अालाेजना र विवादमा परेपछि मन्त्री तामाङले आइतबार नै विज्ञप्ती जारी गरेर आफूले झुक्किएर बाेलेकाे भन्दै उक्त भनाइ फिर्ता लिएकाे बताएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरू याैन शाेषणकाे शिकार भइरहेकाे भन्ने अाफ्नै भनाइ फिर्ता लिँदै उनले सार्वजनिक रूपमा माफी मागेका छन् ।