टिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि सर्वसाधारणले टिप्परमा आगो लगाए

टिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि सर्वसाधारणले टिप्परमा आगो लगाए

बनेपा, ७ साउन । काभ्रेको बनेपामा टिप्परको ठक्करबाट एकजनाको मृत्यु  भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको टिप्परले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित भीडले टिप्परमा आगो लगाइदिएका छन् । टिप्परमा आगो लगाएपछि बनेपा धुलिखेल सडकखण्ठ अवरुद्ध भएको छ ।

यसअघि राजधानीको जडिबुटीमा टिप्परले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो भने आक्रोशित सर्वसाधारणले टिप्परमा आगो लगाइदिएका थिए । त्यलगत्तै गृहमन्त्रालयले साउन १ गतेदेखि काठमाडौ. उपत्यकाका तीन जिल्लामा राति ८ देखि विहान ५ बजेसम्म मात्र टिप्पर चलाउन दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्