अब पैसामा केरमेट गरे जेल !

<span class='c1'>अब पैसामा केरमेट</span> <span class='c2'>गरे जेल !</span>

काठमाडौं, ७ साउन ।  नेपाल राष्ट्र बैंकले नोटमा(पैसा)मा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ । राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो । मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को मुद्रा सम्बन्धि कसुर महलअनुसार कुनै पनि व्यक्तिले मुद्रा च्यात्न, जलाउन, गाल्न वा केर्न नहुने व्यवस्था गरेको हो ।  सो महलको दफा २ सय ६३ उपदफा १ र २ अन्तर्गत बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न नहुने व्यवस्थामा लेखिएको छ, ‘अधिकारप्राप्त अधिकारीको आदेशबिना कसैले मुद्राको रुपमा ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा कसैले त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन, कसैले बैंक नोटमा लेख्न वा कोर्न हुँदैन ।’ उपदफा ३ मा भनिएको छ, ‘उपदफा १ वा २ अन्तर्गतको कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्मकैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

नयाँँ व्यवस्थाअनुसार कोही कसैले पनि नोटमा कोर्न वा सिक्का नगाल्न वा नबिगार्न नेपाल राष्ट्र बैंकले सूचना जारी गर्ने तयारी समेत गरेको छ । अब घरमा, पसलमा, वा बैंकमा कसैले पनि नोटमा केरेको देखेमा सिक्का वा बिगार्न लागेको देखेमा तत्काल प्रहरीमा खबर गर्न सक्ने गरी सूचना जारी गर्न सकिने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्