मोरङको कानेपोखरीमा २५ किलो हरिणको मासुसहित २ जना पक्राउ 

<span class='c1'>मोरङको कानेपोखरीमा २५ किलो हरिणको</span> <span class='c2'>मासुसहित २ जना पक्राउ </span>

मोरङ, साउन ८ गते ।

मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित दही खोलाबाट प्रहरी सोमवार जंगली हरिणको मासुसहित २ जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली हरिणको शिकार गरी टुक्रा पारेर राखेको अबस्थामा २५ किलो जंगली हरिणको मासु फेला पारी बरामद गरेको हो ।

हरिणको मासुसहित म्याजिकका चालक सुन्दर-हरैचा नगरपालिका-२ घर भई ईटहरी उप-महानगरपालिका ४ बस्ने २१ बर्षिय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने ३६ बर्षिय मोहन प्रसाद सुबेदीलाई पक्राउ गरेको हो अस्थायी प्रहरी चौकी कानेपोखरीले जनाएको छ ।

बरामद गाडी, मासु र दुबैजनालाई आवश्यक कारवाहीकालागी ईलाका बन कार्यालय कानेपोखरीमा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्