पार्टीको निर्देशनपछि कानुनमन्त्री तामाङले राजीनामा दिँदै

<span class='c1'>पार्टीको निर्देशनपछि कानुनमन्त्री</span> <span class='c2'>तामाङले राजीनामा दिँदै</span>

काठमाडौं, ८ असार । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्देशनपछ तामाङले मंगलबार राजीनामा दिने तयारी गर्नुभएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । उहाँको यो अभिव्यक्तिको चर्को आलोचना भएपछि पार्टीले उहाँलाई राजीनामा दिन निर्देशन दिएको हो ।

स्रोतका अनुसार सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बैठकले तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो । पार्टीको निर्देशनपछि तामाङले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गर्ने तयारी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्