एक नम्बर प्रदेशमा एक हजार छ सय सवारी दुर्घटनामा चार सय ६५ जनाको मृत्यु

एक नम्बर प्रदेशमा एक हजार छ सय सवारी दुर्घटनामा चार सय ६५ जनाको मृत्यु

विराटनगर, ८ साउन । प्रदेश १ मा चालु आर्थिक वर्षको हाल सम्ममा एक हजार छ सय सवारी दुर्घटना भएका छन् । जसमा चार सय ६५ जनाको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए । दुर्घटनामा दुई हजार पाँच सय ४० जना घाइते भएका छन् । एसपी लम्सालले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटना बढेको बताए । उनले भने, ‘साँघुरो र जीर्ण सडक तथा चालकको लापरवाही दुर्घटनाका मुख्य कारक बनेका छन् ।’

त्यस्तै गलत तरिकाले ओभरटेक गर्नु, लेन अनुशासन पालना नगर्नु, जथाभावी गलत तरिकाले सवारी साधन रोक्नु, सवारी पूर्ण रुपमा नरोकी यात्रु ओरार्नु, यात्रुले जथाभावी सडक काटिदिनु, सडकमा छाडा चौपाय छाडिनु आदि पनि दुर्घटनाको कारण बन्ने गरेको जानकारी एसपी लम्सालले दिए ।

चालु आवको हालसम्म दुई लाख ६० हजार तीन सय ९७ वटा सवारी साधन कारवाहीमा परेका छन् । सवारी साधनलाई कारवाही गरे बापत १५ करोड ६३ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्