मोरङमा पनि बिद्युत चोरीको बिगबिगी, १० जना पक्राउ परे

मोरङमा पनि बिद्युत चोरीको बिगबिगी, १० जना पक्राउ परे

मोरङ, साउन ९ गते ।

मोरङको बिभिन्न स्थानबाट प्रहरीले मंगलबार राती बिद्युत हुक गरी चोरीमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र क्षेत्रीय बिद्युत प्राधिकरण बिराटनगरबाट खटिएको बिद्युत चुहावट नियन्त्रणको संयुक्त टोलीले चेकजाँचको क्रममा हुकिङ गरी बिद्युत चोरी गरेको फेला परे पछी पक्राउ गरेको हो ।

बिद्युत चोरीमा संलग्न मोरङ कटहरी गाउँपालिका २ बस्ने सुरेन ऋषिदेव, सुरेश ऋषीदेव, लक्ष्मी ऋषीदेव, निघु ऋषीदेव, जागरुक ऋषीदेव, फदिया ऋषीदेव, जहदा गाउँपालिका ९ बस्ने झरिलाल मुखिया, सोही ठाउँका कमल कान्त कामत, बिश्व मण्डल र पर्शुराम मण्डललाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कार्वाहीकालागी जिल्ला प्रहरी कार्यालय मोरङमा राखी आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्