सरकार र डा. केसी पक्षबीच वार्ता सुरु

<span class='c1'>सरकार र डा. केसी</span> <span class='c2'>पक्षबीच वार्ता सुरु</span>

काठमाडौं । २६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले उठाएका विभिन्न मागका विषयमा आज पनि वार्ता सुरु भएको छ । सरकारी पक्ष र डा केसी पक्षबीच शिक्षा मन्त्रालयमा सुरु भएको हो । वार्तामा केही बुँदा अध्यादेश अनुसार नै थप गर्ने र केहीमा हेरफेर गर्ने सहमति हुने बताइएको छ ।
आजको वार्तामा विधेयकमा हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शैय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायत विषयमा छलफल हुनेछ ।यस्तै, विधेयकबाट हटाइएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) अन्तर्गतका कार्यक्रमहरु समेत थप गर्ने विषयमा पनि छलफल केन्द्रित हुने बताईएको छ  ।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् ।
त्यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्