भरतपुर । भरतपुरमा अटो रिक्सा चालक र प्रहरीबिच झडप भएको छ । महानगरपालिकाको निर्णय विरुद्ध केन्द्रीय बस टर्मिनल चोकमा आन्दोलनमा उत्रिएका अटो रिक्सा चालकमाथि प्रहरीले गोली चलाएको छ
रिक्सा चलाकहरुको आन्दोलनले झडप उग्र भएपछि प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायर गरेको हो । आन्दोलनकारीले एक मोटरसाइकलमा आगो लगाइदिएका थिए ।
चोकमा रहेको प्रहरी बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ
आन्दोलनका क्रममा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।