सरकार र डाक्टर गोविन्द केसी पक्षको वार्ता असफल

<span class='c1'>सरकार र डाक्टर गोविन्द</span> <span class='c2'>केसी पक्षको वार्ता असफल</span>

एक घण्टापछि पुनः भएको वार्तामा सरकारी पक्ष विधेयक संशोधनमा कुरा गर्न नै तयार नभएको केसी पक्षको दावी छ । उसले सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्रै पुनः वार्तामा बस्ने चेतावनी दिएको छ ।

सरकारी वार्ता टोलीले विधेयक संशोधन संसदले मात्रै गर्न सकिने भन्दै त्यसबाहेकका मागमा छलफल गर्न प्रस्ताव गरेको केसी पक्षको भनाइ छ । वार्तामा शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी टोलीले संसदमा प्रवेश भईसकेको विषयमा आफूलाई बोल्ने म्यान्डेट नभएको र केसी पक्षले विधेयककै विषयमा अडान कायम राखेका कारण वार्ता सफल हुन नसकेको प्रतिक्रिया दिएको छ ।

यसैबीच, डा. केसीको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य नाजुक रहेको बताएका छन् । चिकित्सकाअनुसार डा. केसीको सेतो रक्तकोशिका संख्या हालसम्मकै कम छ । रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले जुनसुकै बेला अचेत अवस्थामा पुग्ने खतरा छ । रगतमा पोटासियम अति नै कम भइसकेको छ भने मुटुको चाल कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आई मुटु बन्द हुनसक्ने औंल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्