सप्तरीमा सवारी दुर्घटना , पत्रकार खतिवडाको मृत्यु

सप्तरीमा सवारी दुर्घटना , पत्रकार खतिवडाको मृत्यु

राजविराज, साउन ९ गते । राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्र्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

विराटनगरबाट राजविराज आउँदै गरेको को१ज २१४९ नंको माइक्रोबस विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६१० नंको बससँग ठोकिँदा सो दुर्घटना भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो ।

घाइतेलाई विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्