सुन तस्करीको नयाँ शैली : सुनकै माला, सुनकै बाला , दुई थाइ नागरिक पक्राउ

<span class='c1'>सुन तस्करीको नयाँ शैली :  सुनकै माला,</span> <span class='c2'>सुनकै बाला , दुई थाइ नागरिक पक्राउ</span>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ६ सय ८० ग्राम सुनसहित विमानस्थल प्रहरीले दुईजना थाइ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुथमस जकपारनीकुल र मिस प्रिमियम डेजाहो काची रहेका छन् । उनीहरु थाइ ऐयरको टिजी ३१९ नम्बरको फ्लाइटबाट बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुको साथबाट एक करोड ७८ लाख ५५ हजार ३ सय ६० मुल्य बराबरको ३ किलो ६ सय ८० ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीका एसपी दिनेश मैनालीले जानकारी दिए ।

थाइ नागरिकले माला, बेल्ट, घडीको कभर, वाला, साँचो लगायतका आकारमा निर्माण सुन तस्करी गर्न लागेका थिए । विमानस्थल प्रहरीले पछिल्ला तीनदिन दैनिक तस्करीको सुन समातेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्