सुनिश्चित रोजगारीका लागि बुढीगंगाको मनमोहनमा शुरुभयो ४० जनालाई औद्योगिक प्रशिक्षण

<span class='c1'>सुनिश्चित रोजगारीका लागि बुढीगंगाको मनमोहनमा</span> <span class='c2'>शुरुभयो ४० जनालाई औद्योगिक प्रशिक्षण</span>

विराटनगर, १० साउन ।
सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम बुढीगंगाको मनमोहन स्मृती पोलिटेक्निकमा शुरु भएको छ। एक कार्यक्रमको आयोजना गरी पोलिटेक्निकले तालिमको आयोजना गरेको हो । ब्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिईभिटीको समन्वय तथा स्वीस सरकारको आर्थिक सहयोगमा संचालित सिटिईभिटीको ईन्स्योरा परियोजना अन्तरगत तालिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै एक नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक नम्बर प्रदेशको प्राबिधिक बिश्व बिद्यालयको रुपमा अगाडी बढेको मनमोहन पोलिटेक्नीकले शुरु गरेको परियोजनाबाट प्राबिधिक शिक्षामा एक नम्बर प्रदेश अब्बल हुने बताए ।
उनले प्रदेश सरकारले प्रविधिक शिक्षाको विकासका लागि मनमोहनलाई प्राबिधिक विश्व बिद्यालयको रुपमा बजेट समेत विनियोजन हुनु र दातृ निकायबाट सहयोग हुनुले एक नम्बर प्रदेश प्राबिधिक तथा स्वरोजगार मुलक व्यवसायिक शिक्षामा अब्बल बन्ने विस्वास ब्यक्त गरे । केही कानुनी जटिलताका कारण काम गर्न नसकिरहेको एथार्थतालाई मनन गर्दै मन्त्रालयले शिक्षा सम्बन्धि कानुन निर्माणको क्रम अन्तिम चरणमा रहेकोले कानुन आएपछि धेरै अप्ठेराहरुको गाँठो फुक्ने मन्त्री घिमिरेले बताए । स्वीस राजदुत एलिजाबेथ भन क्यापेलाले दिगो तथा सम्मानीत रोजगारीकालागि सीप परियोजनालाई पाईलट परियोजनाको रुपमा एक नम्बर प्रदेशभरी लग्नको लागि मुख्यमन्त्रीसँग छलफल गरी अघि बढ्ने बताईन् । सिटिईभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले पहिलो पटक मनमोहनबाट तालिमको आयोजना गरिएको बताए । यसलाई अन्यत्र पनि बिस्तारै लैजाने उनको भनाई छ ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदले २४ महिने औद्योगिक प्रशिक्षणको आयोजना गरेको हो । १ गते देखि तालिमका शुरु गरिएको भएपनि बिहीवार मात्र औपचारिक उद्घाटन गरिएको हो । तालिममा २०÷२० जनाको समुहमा ४० जनाको सहभागीता रहेको तालिम प्रमुख ईन्जिनियर सुदिप अधिकारीले जानकारी दिए । नेपालमै पहिलो पटक नमुना परियोजनाको रुपमा मनमोहनमा शुरु भएको पोलिटेक्निकका प्रिन्सिपल सुवासश्री पोखरेलले बताए । उनका अनुसार मनमोहन स्मृती पोलिटेक्निकले एक हजार जना बिद्यार्थीलाई तालिम प्रदान गरेकोमा ७ सय ७६ जनाले रोजगारी पाईसकेको र केही उच्च शिक्षाको लागि अभ्ययनमा गएको बताए ।
१ नम्बर प्रदेशका १४ वटा जिल्लामा दिईने प्रबिधिक तथा सीप मुलक तालिमहरु एकद्धार प्रणलीबाट संचालन गर्नु पर्नेमा उनको जोड छ । गाउँपालिका तथा नगरपालिकाले दिने सिपमुलक तालिमहरु मनमोहन जस्ता राम्रा तालिम केन्द्रहरुबाट दिने हो भने यसको प्रभावकारीता पनि राम्रो देखिने प्रिन्सीपल पोखरेलले बताए ।
कार्यक्रममा एसविसीका वरिष्ठ कार्यक्रम अधिकृत डा उषा भण्डारी , हेल्भेटासका निर्देशक डा. भरत कुमार पोखरेल, एक नम्बर प्रदेश सभाका सदस्यहरु चुमनारायण तवदार, एशोदा अधिकारी, उपेन्द्र घिमिरे र साबित्रा अधिकारी लगायतका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थिती रहेको मनमोहन प्रतिष्ठानका प्रवक्ता सत्यनारायण चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्