डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप

<span class='c1'>डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा</span> <span class='c2'>उत्रिएका चिकित्सक र प्रहरीबीच झडप</span>

काठमाडौं, १० साउन ।  डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ । विहीवार शिक्षण अस्पतालबाट आन्दोलनरत चिकित्सकको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो त्यसक्रममा चिकित्सक र प्रहरीबीच सामान्य झडप भएको छ । केही चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डाक्टरको पोशाकमा आन्दोनमा उत्रिएका चिकित्सकले डा. केसीको अनशनको समर्थन र सरकारको विरोधमा नारावाजी गरेका थिए भने विरोध लेखिएका प्लेकार्ड बोकेका थिए । चिकित्सा क्षेत्रको सुधारको माग गदै डा. गोविन्द केसी २७ दिन देखि आमरण अनशनमा बसेका छन् । उनको मागको सम्बोधनको लागि हिजो सरकारकासँग भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्