सुनसरी घुस्की सामान्य बन्दै , घाइतेलाई गोली नलागेको सशस्त्रको भनाई

सुनसरी घुस्की सामान्य बन्दै , घाइतेलाई गोली नलागेको सशस्त्रको भनाई

सुनसरी । सशस्त्र प्रहरी र स्थानीयवासीबीच हिजो साँझ भएको झडप पश्चात तनावग्रस्त बनेको घुस्कीको अवस्था सामान्य बनेको छ ।राती अबेरसम्म बसेको सर्वपक्षिय भेलाले घाइतेको उपचार स्वयं शसस्त्रले गर्ने, दोषी पत्ता लगाई कार्वाहीको प्रकृया अघि बढाउने र घटनामा संलग्न भएको सशस्त्र प्रहरीको टोली परिवर्तन गर्ने सहमति गरेको छ ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी र पीडित पक्ष र गाउँले अगुवाहरुबिच अबेर सम्म चलेको वार्ता पश्चात जिल्ला प्रशासन कार्यालयको रोहवरमा सर्वपक्षिय छानविन टोली गठन गर्ने सहमति भएको छ । आज सर्वपक्षिय वार्ता टोली गठन गरिने बताइएको छ ।

घटना पश्चात सशस्त्रले सई दिलकुमार तामाङको कमाण्डमा रहेको टोली परिवर्तन गरी जिल्लाबाट प्रहरी निरीक्षक बिदुर भट्टराई नेतृत्वको टोली सीमा सुरक्षा बल घुस्की पठाएको छ ।सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज विष्टले अवस्था सामान्य अवस्थामा आइसकेको बताउँदै घाइतेको उपचारकालागि पहल थालिएको बताउनु भयो ।

सुनसरीको सीमावर्ति क्षेत्रमा पर्ने हरिनगर गाउँपालिका ६ र ७ घुस्कीमा स्थानीयसँग सशस्त्रको विवाद पश्चात तनाव सीर्जना भएको हुँदा ७ सेल अश्रुग्यास सेल र आधा दर्जन बढी हवाई फायर भएको थियो ।शसस्त्रले अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रतिरक्षाकालागि हवाई फायर गर्नु परेको जनाएको छ ।

घटनामा स्थानीय तर्फ ४ जना घाइते भएका छन् भने शसस्त्र तर्फ समेत केही घाइते भएको सशस्त्र प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।विष्टले गोली लागेको भनिएका कुसुम मियाको अवस्था सामान्य रहेको र चिकित्सकका अनुसार उनलाई पाखुरामा गोली नभई लड्दा केहीले कोतरेर रगत आएको पाइएको बताउनुभयो ।

बिराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।स्थानीयले खेतबारीमा चराएर ल्याउँदै गरेको खसी बाख्रा तस्कर गरी ल्याएको भन्दै सशस्त्रले महिलामाथि हातपात गरेपश्चात ज्यादती विरद्ध गाउँले प्रतिकारमा उत्रिएको बताएका छन् भने सशस्त्रले सोधपुछका क्रममा चर्को वादविवादले उग्ररुप लिएसँगै हतियार खोस्ने र आक्रमण हुन थालेपछि प्रतिकारमा उत्रिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्