झापाका दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै महिला आयोगमा उजुरी

<span class='c1'>झापाका दुर्गा प्रसाईंलाई कारबाहीको माग</span> <span class='c2'>गर्दै महिला आयोगमा उजुरी</span>

झापा साउन १० , विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ।

'प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने' भन्ने गलत अभिव्यक्ति दिएको भन्दै नेविसंघले कारबाही माग्दै उजुरी दिएको हो। महिलाहरूको अस्मितामा धावा बोल्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बिहिबार आयोगमा उजुरी दिएकी हुन्।

'महिलाको चरित्र हत्या गर्ने छुट प्रसाईंलाई कुनै कानूनले दिएको छैन' नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रसाईंलाई कारबाही नगरी त्यसै छाड्दा उसको उदण्ड व्यवहारलाई थप प्रोत्साहन हुन्छ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्