विराटनगरको नेरुडेको ‘ट्यावलेट बैकिङ’ सेवा धरानवाट शुरु

विराटनगरको नेरुडेको ‘ट्यावलेट बैकिङ’ सेवा धरानवाट शुरु

विराटनगर, १० साउन ।
लघुवित्त क्षेत्रमा नयाँ प्रविधिको रुपमा ‘ट्यावलेट बैकिङ’लाई नेरुडे लघुवित्तले संचालनमा ल्याएको हो । यो कार्यक्रम युके एडसँगको सहकार्यमा सञ्चालित सक्षम एक्सिस टु फाइनान्स परियोजनामार्फत ल्याएको हो । देशका २९ जिल्लाका ७९ शाखा उपशाखा कार्यालय रहेको यस लघुवित्तले सुनसरीको धरान शाखा कार्यालयबाट पहिलो पटक ट्यावलेट बैकिङ कार्यक्रम सूरु गरेको हो । धरान १७ को रेलवे लाइनमा रहेको सप्तरङगी नेरुडे महिला केन्द्रमा भएको कार्यक्रममा संस्थाका प्रबन्ध संचालक मणीकुमार अज्र्यालले यो प्रविधिबाट आफ्ना ग्राहक सदस्यहरुलाई सेवा दिने बताए । ग्राहकहरुलाई सहज र सजिलो तरिकाले सेवा उपलब्ध गर्न यो प्रविधि ल्याइएको हो । इन्टरनेट नभएका स्थानबाट पनि अफलाइनमार्फत सेवा दिन सकिनेछ । सूचना र प्रविधिको विकास सँगै नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जरुरी रहेको र कारोबारलाई पारदर्शी, जवाफदेही बनाई ग्राहक वर्गहरुको विश्वास जित्न सकिने उनको धारणा छ ।
यो परियोजना अन्तरगत ७ जिल्लाका १९ शाखामा कार्यक्रम संचालन भै रहेकोछ । ट्याबलेट बैकिङ सेवामार्फत सबै सदस्यहरुले कारोबार हुने बितिकै कारोबारको जानकारी रसिद हात हातमा पाउने धरान शाखाको प्रमुख सम्झना लामाले बताईन् । धरान १७ की फुलमाया राईले खुशि व्यक्त गर्दै भनिन्, बिजुलीको बिल जस्तै नेरुडेले पनि यस्तो रसिद दिन थालेकोले सजिलो भएको छ ।’ उनले यस्तो त सबै घरपारिवार र अन्यलाई पनि बताउन र देखाउन सजिलो भएको बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्