होटलमा कुटपिट हुँदा एकको मृत्यु, एक घाईते

होटलमा कुटपिट हुँदा एकको मृत्यु, एक घाईते

धनकुटा,११ साउन ।
धनकुटाको साँगुरगढी गाउपालिका ६ मा रहेको होटल माउण्ट एभरेष्टमा कुकहरु बिच बिबाद हुदा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । सोही स्थान बस्ने १८ बर्षीय सुरज राई र सुनसरी जिल्ला बराह नगरपालिका ६ चक्रघट्टी बस्ने १८ बर्षिय निशान लिम्बु बिच होटल साहु नभएको समयमा एक आपसमा बिबाद भएको थियो । विवाद कै क्रममा निशान लिम्बुले सुरज राईको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए । रक्ताम्मै अवस्थामा रही उपचार गराउन भेडेटार तर्फ ल्याउँदैगर्दा निशान लिम्बुलाई प्रहरीको टोलीले सोधपुछ गरी नियन्त्रणमा लिएको थियो । घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा सुरज राईको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्