साथीको घरमा ‘होमवर्क’ गर्न गएकी एक किशोरी मृत फेला

<span class='c1'>साथीको घरमा ‘होमवर्क’ गर्न गएकी</span> <span class='c2'>एक किशोरी मृत फेला</span>

काठमाडौं । साथीको घरमा ‘होमवर्क’ गर्न गएकी कञ्चपुरकी एक किशोरी मृत फेला परेकी छिन् । भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी हुन् ।

स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत निर्मला बिहीबार ११ बजे भीनपा १८ मा रहेको साथीको घरमा होमवर्क गर्न जाने भन्दै गएकी थिइन् । पीडितका आफन्तजनले दोषीमाथि कारबहीको माग गरेका छन् ।

पीडित परिवारजनलाई उद्धत गर्दै स्थानीय पत्रकार अम्वादत्त तिवारीका अनुसार मृतक किशोरी त्यसअघि साथीको घरमा आउनेजाने गर्दै आएकी थिइन् । तिवारीका अनुसार मृतकका आफन्तले बिहीबार साँझ नै प्रहरी चौकी भगतपुरमा उनी हराएको उजुरी दिएको भएपनि प्रहरीले ‘भोली खोजौला’ भनेर टारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएपी ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले भने, ‘‘उनको मृत्यु शंकास्पद देखिएको छ, बलात्कार भएको प्रारम्भीक अनुमान गरेका छौं ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्