गोरुको मासुसहित ईलामबाट एक पक्राउ

गोरुको मासुसहित ईलामबाट एक पक्राउ

ईलाम, ११ साउन ।
ईलामको रोङ गाउँपालिका ४ को हलुडे गाउँ नजिकबाट प्रहरीले ४० किलो गोरुको मासुसहित १ जनालाई पक्राउ गरेको छ । गोरु काट्दै गरेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले जंगलको खोल्सामा गोरु काटिरहेको अबस्थामा तेह्रथुम आठराई गाउँपालिका ५ का २१ बर्षिय टिका कन्दङवालाई पक्राउ गरेको हो । बरामद गोरुको मासुसहित कन्दङवालाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखी थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्